बागमती प्रदेशको समाजिक बिकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालय मकवानपुर पहुँचयुक्त हुन धेरै सुधार गर्नु पर्ने

कोल्हवी न्यूज
२०७९ बैशाख २६, सोमबार १७:३०

हेटौंडा/बागमती प्रदेशको समाजिक बिकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको भवन तथा परिसर पहुँचयुक्त हुन धेरै सुधार गर्नु पर्ने देखिएको छ ।
राष्ट्रिय अपांग महासंघ नेपालले आज बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको समाजिक बिकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण रुजु गर्ने काम सम्पन्न गरेको छ । मन्त्रालय र जिल्ला प्रहरी कार्यालयको भवन तथा परिसरको संरचनाहरु अपांगमैत्री भनिए पनि अपांगमैत्री हुन धेरै सुधार गर्नु पर्ने देखिएको छ । पहुँचयुक्तता परिक्षण रुजु गर्ने क्रममा अपांग भएकाहरुले सहज रुपमा आवतजावत गर्न असहज रहेको, सिँढीको उचाई समान नभएको, खानीपानीको धारा अग्लो भएको, शौचालयमा ह्विल चियर छिर्ने ठाउँ नभएको र सौचालयको ढोका अग्लो स्थानमा भएको कारणले अपांग मैत्री नभएको, हात धुने ठाउँ अग्लो भएको र माथिल्लो तल्लामा शाखाहरु भएको कारणले पहुँचयुक्त हुन धेरै सुधार गर्नु पर्ने देखिएको हो ।
राष्ट्रिय अपांग महासंघ नेपालले सरकारी भवनहरु पहुँच युक्त छ कि छैन र नभए के गर्न सकिन्छ भनेर भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण रुजु गरेको प्रदेश जन वकालय संयोजक सुरेन्द्र तिमल्सिनाले बताए ।
सरकारी कार्यालयहरुको संरचनाहरुमा अपांगहरुलाई अझैपनि पहुँचयुक्त हुन केही अबरोधहरु रहेको राष्ट्रिय अपांग महासंघ नेपाल बागमती प्रदेशको कार्यक्रम अधिकृत सिता मल्ल ठकुरीको भनाई छ ।
अहिले बनेका संरचनाहरु अझै पनि पहुँचयुक्त नभएको र अहिले भएको संरचनाहरुलाई मर्मत सम्भार गरेर पनि पहुँचयुक्त बनाउन सकिने देखिएको सिभिल इन्जिनियर निरन्जन लामिछानेको भनाई छ ।
महासंघले भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण रुजु पश्चात पहुँचयुक्तताको रिपोर्ट तयार गरेर सम्बन्धित कार्यालयमा पेस गर्ने प्रदेश जन वकालत संयोजक सुरेन्द्र तिमल्सिनाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*